भरतपुरमा अबदेखि मासिक ७ हजार लिटर निःशूल्क खानेपानी

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशूल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वनमा आएको छ । मंसिर महिनाबाट कार्यान्वनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ वटा खानेपानी उपभोक्ता समितिसँग ७ हजार लिटरसम्म निःशूल्क खानेपानी उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक मेयर निर्वाचित भएसँगै भरतपुरमा ७ हजार लिटरसम्म खानेपानी पिउने ग्राहकलाई निःशूल्क उपलब्ध गराउने निर्णय गरेकी थिईन् । पदभार ग्रहण गर्दा गरेकी दुई वटा निर्णय मध्ये छोरी बीमा कार्यक्रम यसअघि नै कार्यान्वनमा आइसकेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले ७ हजार लिटरबाट निःशूल्क खानेपानी उपलब्ध गराउने कार्यको थालनी गर्नु सकारात्मक विषय रहेको उल्लेख गरिन् । यो निर्णयले अधिकांश विपन्न नागरिकलाई निःशूल्क खानेपानी उपलब्ध हुने विश्वास महानगरले लिएको उनको भनाई छ ।

निःशूल्क खानेपानी वितरण गरेबापत महानगरपालिकाले बोर्ड र खानेपानी उपभोक्ता समितिलाई मासिक शूल्क तिर्नुपर्ने गरी सम्झौता भएको छ । भेयर दाहालले बाहिर चर्चामा आए जस्तो भरतपुरमा खानेपानीको अभाव नरहेको उनले स्पष्ट पारीन् ।

मेयर दाहालले पहिलो पटक मेयरमा निर्वाचित भएपछि खानेपानीको पहुँचलाई सबै नगरबासीसम्म पुराउने गरी विभिन्न आयोजना निर्माण गर्न ठूलो रकम विनियोजना हुँदै आएको उल्लेख गरिन् ।

मेयर दाहालले अबको दुई वर्षभित्र शतप्रतिशत भरतपुरबासी खानेपानीको पहुँचमा पुग्ने र ४७ हजार नयाँ धार जडान भईसक्ने जानकारी दिइन् ।महानगरपालिकाले प्रयाप्त पानी उपभोक्तलाई पुराउने नीति अनुसार डिप बोरिङ थप गर्ने गरी स्रोतको खोजी गर्ने कामलाई अगाडि बढाईरहेको छ ।हाल भरतपुर खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिमार्फत ४५ हजार २३३ घरधुरी खानेपानीको पहुँचमा रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु