चाेलेन्द्रविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय

एटुजेड समाचार

काठमाण्डाै – प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे छ । आज बुधवार सङ्घीय संसद् सचिवालयले जबराविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे पत्र सर्वाेच्च अदालतमा पठाएकाे हाे ।

याेसँगै प्रधानन्यायाधीश जबरा अदालतमा फर्किने बाटाे खुलेकाे छ । आफूविरुद्धकाे महाअभियाेग प्रस्ताव निष्क्रिय भएसँगै जबराले सर्वाेच्च अदालत जाने तयारी गर्नुभएकाे छ ।

यसअघि गएकाे फागुन १ गते जबराविरुद्ध सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएसँगै जबरा जबरा स्वतः निलम्बनमा पर्नुभएकाे थियाे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू