चितवन – सापकोटा कल्याण केन्द्र नेपाल चितवनले वंशावली लगत संकलन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। यहि मंसिर २० गते त्रिपुरेश्वर महादेव शिव मन्दिर परिसर भरतपुर ९ शरदपुरमा कार्यक्रम सम्पन्न भएको हो ।
सापकोटा कल्याण केन्द्र नेपाल जिल्ला कार्य समिति चितवनका अध्यक्ष मनिस सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय अध्यक्ष राजेन्द्र सापकोटा प्रमुख अतिथी रहेका थिए ।
प्रकाशित सापकोटा वंशावलीमा केही त्रुटि एवं महिला सापकोटाहरुको नाम समावेश गर्नुपर्ने र उक्त कार्यलाई छिटो छरितो एवं बैज्ञानिक ढंगले सम्पन्न गर्नुका साथै आफ्ना परिवारका सदस्यको नाम छुट, त्रुटि या महिला सदस्यहरुको नाम थपका लागी यस्ता प्रशिक्षण कार्यक्रमले महत्व राख्ने बताए ।
कार्यक्रमका बोल्दै अध्यक्ष मनिष सापकोटाले केन्द्रको तथ्यांक अनुसार देशभरी दशलाख भन्दाबढी सापकोटाहरु छरिएर रहेको र यस्ता खालका प्रशिक्षण एवं भेटघाट कार्यक्रमले छरिएर रहेका सापकोटाहरुलाई संगठित गरि सामाजिक अभियानमा जोड्न सकिने बताए ।
करिब ३०० जनाको सहभागिता रहेको कार्यक्रममा केन्द्रिय प्रशिक्षक डा. कबिन्द्र प्रसाद शर्मा सापकोटाले प्रशिक्षण दिएका थिए ।
फणिन्द्र सापकोटाले सन्चालन गरेको उक्त कार्यक्रममा बिश्वराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बाग्मती प्रदेश प्रमुख हरिराम सापकोटा र उपत्यका सभापती कृष्ण प्रसाद सापकोटाले बोलेका थिए ।