भरतपुरमा माइक्रोफाइनान्सको वर्तमान परिदृश्यको बारे अन्तक्रिया कार्यक्रम सप्पन्न

एटुजेड समाचार

भरतपुर – माइक्रोफाइनान्स सञ्चालनको वर्तमान परिदृश्यको बारेमा फस्र्ट माईक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले अन्तक्रिया गरेको छ । भरतपुरमा फस्र्ट माईक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले आफ्नो साझेदार रहेका ३६ लघुवित्त संस्थाका कार्यालय प्रमुखहरुसंग अन्तक्रिया गरेको हो ।

सहभागी कार्यालय प्रमुखहरुले आफ्नो कार्य सम्पादनको समयमा भोगेका अनुभवहरु राखेका थिए । शाखा प्रमुखहरूले हाल लघुवित्त क्षेत्रमा देखिएको तरलता अभाव, लघुवित्त विरुद्धको संघर्ष समिति, लगुवित्त संस्थाहरु बीचकै अस्वस्थ प्रतीप्रर्धा, दक्ष कर्मचारीहरुको अभाब जस्ता बिषयमा आफ्नो अनुभव राखेकाे सहभागि महिला लघुवित्तका देवघाट शाखा प्रमुख रबिन दाहालले बताए ।

अन्तरक्रिया कार्यक्रममा उठे्का जिज्ञासाहरुलाई टिपोट गरी समस्या समाधानको उपाय खोजी भएको थियाे ।

कार्यक्रममा बोल्दै फस्र्ट माईक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमानाथ पौडेलले लघुवित्त संस्थाहरुको उद्वेश्य अनुसार सामुहि भावना, सामुहिक सहयोग तथा सामुहिक हकहितको लागि काम गर्नु पर्ने बताए । लघुवित्त संस्थाहरुले कर्जा मात्र लगानि नगरि सदस्यहरुलाई लघुउद्यमी बनाउन सिपमुलक तालिम दिनुपर्नेमा उनको जोड् थियो ।

संस्थाका डि.सि.यो. राम राज पन्तले लघुवित्तहरुले प्रविधिमा समेत अघि बढ्दा सदस्यहरुको दैनिकीमा सहजता आएको बताए । गाउँमा शाखा कार्यालय खोलि रेमिटेन्स, मोबाइल बैकिङ तथा गाउँबाटै सदस्यहरुको बिजुलि पानिको महसुल आफ्नै मोवाइलबाट तिर्न सक्ने गरि लघुवित्त संस्थाहरुले प्रविधिकमा विकास गरेका छन् । उनले भने – ‘सदस्यहरु सामान्य कामको लागि जिल्ला सदुरमुकाम सम्म जान नपर्ने गरी काम भएको छ।’

ईन्फिनीटि लघुवित्त का प्रमुख कार्यकारी अधिकृत प्रविन कुमार लामाले बैंकले गर्न नसकेको काम लघुवित्त संस्थाहरुले गरिरहेको दाबी गर्दै लघुवित्तले सबै परिवारमा सरल तथा झन्झट रहित सेवा पु¥याएको बताए । हाल केही ब्यक्ति तथा समुहले लघुवित्तको बारेमा नकारात्मक प्रचार गरिरेकाले त्यस्ता गलत प्रचारको बारेमा सदस्यहरुलाई कर्मचारीहरुले बुझाउनु पर्नेमा उनले जोड दिए ।

बक्ताहरुले नियामक निकाय नेपाल राष्ट्र बैक सरकारले लघुवित्त संस्थाहरुलाई हेर्ने नजर फरक रहेको आरोप समेत लगाएका थिए । संगै अहिले संस्थाको व्यवस्थापन तथा सञ्चालकहरुलाई सदस्यहरुलाई गुणस्तरीय सेवा तथा गरिबी निवाकरणमा भन्दा पनि संस्थाले कति नाफा नमाउनेमा संस्थाहरु बिच रहेको प्रतिस्पर्धा हटाउनु पर्नेमा उनीहरुको जोड् थियो ।

हाल सम्म ६५ वटा लघुवित्तले करिब ५८ लाख सदस्यहरुलाई बित्तीय सेवा पु¥याएका छन । जसमा २ खर्व बचत संकलन गरेका छन भने करिब ५ खर्व लगानी रहेको छ । यस क्षेत्रमा करिब २३ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।

याे कार्यक्रममा फस्र्ट माईक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमानाथ पौडेल, डि.सि.यो. राम राज पन्त, बरिस्ठ अधिकृत बाबुराम न्यौपाने, ईन्फिनीटि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रविन कुमार लामा लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू