महाकाली नदीमा एकतर्फी तटबन्धबारे भारतलाई सरकारको कूटनीतिक नोट

एटुजेड समाचार

काठमाडौं – महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको छ । आज (मंगलबार) सो सम्बन्धमा नेपालको धारणासहितको कूटनीतिक नोट पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पुष्टि गरिन् ।

‘कुटनीतिक च्यानलमार्फत आज हामीले भारत सरकारलाई नेपालको धारणा समेटिएको कुटनीतिक नोट पठाएका छौँ । हाम्रो सवाल, हामीले गर्नुपर्ने कुराहरु, हामीले भारतीय पक्षलाई भन्नुपर्ने कुराहरू त्यसमा लेखेर पठाएका छौँ’, उनले भनिन् । नेपालले काठमाडौंमा रहेको नेपालका लागि भारतीय राजदूतावास मार्फत सो पत्र पठाएको हो ।

केही दिन यता भारतले दार्चुलास्थित नेपालको सिमानामा रहेको महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भारतीय भूमिमा एकतर्फी बाँध बनाउँदै आएको छ । सो सम्बन्धमा दुई देशका स्थानीयबासीबीच ढुङ्गा हानाहान समेत भएको थियो । आइतबार भारतीय भूमिबाट हानिएको ढुङ्गाले लागेर एक नेपाली बालक घाइते समेत भएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू