चितवन – चितवनमा आज १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या २ हजार २१६ पुगेको छ।
जसमध्ये भरतपुर महानगरपालिकाका १ हजार ५८६ जना, रत्ननगर नगरपालिकाका २५०, खैरहनी नगरपालिकाका १७५ जना, राप्ती नगरपालिकाका ९८ जना, कालिका नगरपालिकाका ५१ जना, माडी नगरपालिकाका ३८ जना र इच्छाकामना गाँउपालिकाका १४ जना रहेका छन्।