ग्रीनल्याण्डमा भएको विज्ञान प्रदर्शनीमा नारायणी पब्लिक प्रथम

एटुजेड समाचार

चितवन – भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । सोमबार विद्यालय परिसरमा नै जिल्ला स्तरीय विज्ञान प्रदर्शनी भएको हो ।

प्रदर्शनीमा भरतपुरको नारायणी पब्लिक स्कुल प्रथम भएको छ । यस्तै अर्बिड ईंग्लिस बोर्डिङ स्कुल दोस्रो र अंकुरम एकेडेमी तेस्रो भएका छन् । प्रदर्शनीमा जिल्लाभरका २० विद्यालय सहभागी भएको स्कुलका सहायक प्रधानाध्यापक उपेन्द्र आचार्यले जानकारी दिए ।

प्रदर्शनीको निर्णायकहरुमा बायोलोजीतर्फबाट लीलबहादुर हमाल, फिजिक्सबाट सन्तोष अधिकारी र केमेस्ट्रीबाट दयानिधि खरेल रहेका थिए । प्रो. डा. सितारामबहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रम विद्यालयकी प्रधानाध्यापक इन्दिरा कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु