नारायणगढ मुग्लिन सडकमा पुलबाट ट्रक खस्दा चालकको मृत्यु

एटुजेड समाचार

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ५ स्थित तीन नम्बर पुलबाट ट्रक नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।

आज (मंगलबार) बिहान ६:४५ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक सडकबाट २० मिटर तल तुईन खोलामा खसेको हो ।

दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोलाका ४२ वर्षीय सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू