नारायणगढ जेसिजको अध्यक्षमा अमर घिमिरे निर्बाचित

एटुजेड समाचार

नारायणगढ – नारायणगढ जेसिजको बर्ष २०२३ का लागि अध्यक्षमा जेसि अमर घिमिरे निर्बाचित भएका छन् । सोमबार सम्पन्न ४५ औं अधिबेशनबाट घिमिरे अध्यक्षमा निर्बाचित भएका हुन् । नेपाल जेसिजका पुर्ब राष्ट्रिय उपाध्यक्ष एवं निर्वाचन आयुक्त जेसि अनुज जोशीका अनुसार घिमिरेले ४७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रबिन्द्र कुमार श्रेष्ठले २९ मत प्राप्त गरेका थिए ।

विगत ८ बर्षदेखि निरन्तर जेसिज अभियानमा सकृय नव निर्बाचित घिमिरे हाल नारायणगढ जेसिजको प्रकरण निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो भने उप बिजेता श्रेष्ठ सफा सहर परियोजनाका संयोजकका रुपमा रहनुभएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू