“पिएफसी इमर्जिङ्ग कप—२०७९” को क्वार्टर फाइनल खेल शुरु

एटुजेड समाचार

भरतपुर – पश्चिम चितवनमा जारी “पिएफसी इमर्जिङ्ग कप—२०७९” मा अमर माध्यामिक विद्यालय पटिहानी र सोनाम जीव एकेडेमी जगतपुर सेमि फाईनलामा पुगेका छन् । सोमबार देखि शुरु भएको क्वाटरफाईनल खेलमा अमर माध्यामिक विद्यालय पटिहानीले चतुर्मुखी माध्यामिक विद्यालय शक्तिखोरलाई १–० को गोल अन्तर र सोनाम जीव एकेडेमी जगतपुरले ब्राइटस्टार आवसिय माध्यामिक विद्यालय पटिहानीलाई २–० को गोल अन्तरले पराजीत गर्दै सेमिफाईनलको यात्रा तय गरेका हुन् ।

मङ्गलबार दिउँसो १ बजे नारायणी नमुना मावि र श्वमेश्वर माध्यामिक विद्यालय भिड्दै छन् भने दिउँसो ३ बजे सनराईन स्कुल र आदीकवि भानुभक्त माध्यामिक विद्यालयले प्रतिस्पर्धा गर्ने छन् ।

भरतपुर १४ को सुन्दरवस्ती खेल मैदानमा ‘शिक्षा संगै खेलकुद’भन्ने नाराका साथ पटिहानी फुटबल क्लबको आयोजनामा ‘पिएफसि इमर्जिङ्ग कप—२०७९’को आयोजना गरिएको हो । प्रतियोगितामा चितवनका ३२ क्लबका सचिव सुमन पौडेलकाअनुसार प्रतियोगिताको विजयी टिमले ४० हजार , उपविजेताले २५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रपाउने छन् ।

पौडेलका अनुसार सेमिफाईनमा पुग्ने दुई टिमलाई नगद ५÷५ हजार सहित अनुसाशित, सर्वोष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोल कर्तालाई पनि नगद सहितको पुरस्कार राखिएको छ ।

यस प्रतियोगिता मार्फत जिल्लामा भएका नयाँ खेलाडीहरुको पहिचान हुने र शिक्षा संग खेलकुद जोड्न आवश्य रहेको सन्देश प्रदान गर्नुनै क्लबको मुख्य उद्धेश्यभएको क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाले जानकारी दिए । स्थापना देखिनै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिम संगै विभिन्न गति विधि गर्दै आएको छ । “पिएफसी इमर्जिङ्ग कप—२०७९” को फाईनल खेल २४ गते हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु