गायक प्रकाश ढकालको खाम कि नखाम मोयाको जुठो सार्वजानिक ( भिडियोसहित )

एटुजेड समाचार

चितवन – गायक तथा सर्जक प्रकाश ढकालको रचना र संगितमा नयाँ पञ्चेबाजा गित खाम कि नखाम मोयाको जुठो सार्वजानिक भएको छ । सुनिता बुढा क्षेत्री र प्रकाश ढकालको आवाजमा सु सज्जित गितमा आशिष अबिरलको संगित संयोजन र मनोज परीयारको ध्वनी मिश्रण रहेको छ ।

गितको अडियोको काम राग स्टुडियोमा भएको हो । शिब बि.क.को निर्देशन,शम्भु चालीसेको छायाकंन र रबिन बि.क.को सम्पादनमा तयार भएको यस गितको भिडियोमा लोमश शर्मा,निक्स शर्मा,यसु भट्टराई र अस्मिता रणपालका साथमा गायक स्वयम प्रकाश ढकाल फिचर छन ।

गितमा डान्सरको भुमिकामा लोमश शर्मा, अस्मिता रपाल, एसु भट्रराई, निकश शर्मा, अस्मिता अधिकारी लगाएत रहेको छ ।

आफ्ना यस अघिका सिर्जनाले जस्ते खाम कि नखाम मोयाको जुठो गितले पनि उल्लेख्य सफलता पाउने कुरामा गायक ढकाल विस्वस्त छन ।साथै यस गितबाट प्राप्त आम्दानीको केही रकम गोरखा जिल्ला सिरनाचोक ७ को मौलिक पञ्चेबाजाको सम्वद्र्धनमा लगाईने निर्माण पक्षले जानकारी गराएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु