त्रिपुरेश्वर कृषि सहकारीद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

भरतपुर – त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडल एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यार्थी सम्मान, बाल भेला तथा विविधि बाल मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेर सहकारीले २०७८ मा एसईई परीक्षामा सामेल भएर उत्कृष्ट अंक ल्याउने आफ्ना सदस्यका सन्तानलाई सम्मान गरेको हो ।
विद्यार्थी सम्मान अन्तर्गत सामुदायिक विद्यालयबाट निबना दाहाल, श्रेया गैरे र प्रमिस कडेंल सम्मानित भए । निजि तथा संस्थागत विधालयबाट छात्रामा शुष्मा कंडेल, सन्देश बस्ताकोटी, नविन पौडेल, विवेचना न्यौपाने, दिप्ती लामिछाने सम्मानित भएका थिए ।
विद्यार्थीहरुलाई सहकारीका अध्यक्ष वेद प्रसाद सापकोटा र कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यालले पुरस्कार वितरण गर्नु भएको थियो ।


सामुदायिक विद्यालयबाट सम्मानित मध्ये निबना दाहाल सिनर्जी एफ.एमको बाल कार्यक्रम संचालिका पनि हुन् । सम्मान संगै सहकारीले गरेको बाल मनोरन्जनात्मक कार्यक्रम तातो आलु खेलमा सहकारीको बाल सदस्य श्रेयता गौतम प्रथम, श्रेया कंडेल द्वितिय भएका थिए ।
यस्तै बेलुन फुटाई खेलमा विपिन अधिकारी प्रथम, रक्षा खड्का द्वितिय भए । चकलेट दौड खेलमा आर्यन लम्साल प्रथम र सचि कंडेल द्वितिय भएको कार्यक्रम संयोजक गंगा कुमारी भुषालले जानकारी दिनुभयो । २०६९ साल देखि यस सहकारीले कृषि क्षेत्रमा काम गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया