कालिका – कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः गोमा सिंखडा चयन भएकी छन् । शनिवार सम्पन्न संस्थाको १३ औं बार्षिक साधरण सभा तथा चौंथो अधिवेशनले सिंखडाको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी रहेकी छन् । यस्तै अन्य सदस्यहरुमा जानुका तिमिल्सीना, धनाकुमारी गिरी, बालकुमारी चौधरी, रिता महतो, बबिता महतो, सरस्वती पौडेल, सरस्वती आर्चाय, आशमाया तामाङ, मालती भट्टराई र कल्पना बस्नेत चयन भएका छन् । संस्थाको सचिव पदमा भने स्वत प्रबन्धक रहने विद्यानले व्यवस्था गरेको छ । संस्थाको प्रबन्धकमा शिलामाया बस्नेत रहेकी छन् ।



यस्तै लेखा समितिको संयोजकमा विमला अधिकारी र सदस्यहरुमा शान्ति पौडेल, दुर्गा मरहट्टा चयन भएका छन् ।कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा संस्थाकी अध्यक्ष गोमा सिंखडाले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सहकारीले बचत तथा ऋण लगानीसँगै आवश्यकता अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुवाट ऋण लिइ सस्तो ब्याजदरमा उत्पादन तथा आयमुलक शिर्षकमा लगानी गरी कारोवार बृद्धिगर्दै आएको अध्यक्ष सिंखडाले बताइन ।
लेखा समिति संयोजक कमला चापागाँईले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा जेष्ठनागरिक टेककुमारी सापकोटालाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ठ बचत सम्मान यो वर्ष कालिका ५ की चेतिमाया बिकले पाएकी छिन् । एकमुष्ठ शयर खरिदकर्ता सुरजी चौधरीलाई समेत सम्मान गरिएको छ ।रासस