चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत फेला

एटुजेड समाचार

चितवन – पूर्वी चितवनको कालिका नगरपालिका १ मा गैंडा मृत फेला परेको छ ।

आज (आइतबार) चतुर्मुखी सामुदायिक वनभित्र करिब ६-७ महिना अघि मरेको जस्तो देखिने गैंडा फेला परेको हो । डिभिजन वन कार्यालय चितवन तथा खगेडी सव-डिभिजन वन कार्यायल अन्तर्गतको लंकालाईन पोष्ट र चतुर्मुखी सामुदायिक वनका हेरालुहरुको टोलीले गैंडा मृत अवस्थामा फेला परेका हुन् ।

गैंडाको खप्पर, हड्डी र छाला अलग-अलग छुट्टिएर छरिएको अवस्थामा अस्थिपञ्जर फेला परेको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले जानकारी दिए । गैंडाको खाग र तीनवटा खुर गायब छ।

नौं थान खुर, खाग काटेर लगेको जस्तो देखिने खप्पर एक थान, करङ्ग र छालाको थुप्रो छरिएको अवस्थामा भेटिएको उनले बताए । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो।

निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका विशेषज्ञ प्रतिनिधि, नवजागृति र चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि समेतको रोहवरमा घटनास्थलको बस्तुस्थिति मुचुल्का उठाएर डिभिजन वन कार्यालय चितवनका पेश गरिएको छ । थप अनुसन्धान भइरहेको खनालले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु