रविकाे पार्टीमा लफडा सुरु : सभापतिलाई हटाउन माग गर्दै सामूहिक उजुरी

एटुजेड समाचार

चितवन – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै जिल्ला सभापति न्यौपानेलाई बर्खास्त गर्न माग गर्दै केन्द्रमा पत्राचार गरिएको हो । स्रोतका अनुसार २ सय ४० जना पार्टी सदस्यले न्यौपानेलाई बर्खास्त गर्न माग गरेर पार्टीको केन्द्रीय कार्यालयमा इमेल गरेका छन् । न्यौपानेमाथि चुनावमा कांग्रेसका नेतासँग सेटिङ गरेर आफ्नै पार्टीको उम्मेदवार हराएको नेता-कार्यकर्ताले आरोप लगाएका छन् ।

केन्द्रीय कार्यालयमा पठाएको पत्रमा जिल्ला सभापति न्यौपानेलाई कारबाही नगरे सबै सदस्यहरूले पार्टी छाड्ने चेतावनी दिइएको छ । यता न्याैपानेले भने आफूमाथि गुटबन्दी भएकाे प्रतिक्रिया दिएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू