भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुँदै

एटुजेड समाचार

चितवन – भरतपुरमा सापकोटा वंशावली लगत संकलन कार्यक्रम हुने भएको छ ।  यही मंसिर २० गते सापकोटा कल्याण केन्द्र नेपाल (सापकोटश वंशावली) भरतपुर महानगरपालिका ९ शरदपुरले सापकोटा वंशावलीको लगत संकलन कार्यक्रम आयोजना गरेको हो ।

सापकोटा कल्याण केन्द्र नेपाल जिल्ला कार्य समिति चितवनका अध्यक्ष मनिस सापकोटाले एक बिग्यप्ती जारी गर्दै त्रिपुरेखर महादेव शिव मन्दिर परिसर भरतपुर ९ शरदपुरमा देशभर छरिएर रहेका सापकोटा दाजुभाई दिदिबहिनिको वंशावली लगत संकलन गर्ने क्रममा चितवनमा पनि सापकोटा वंशावली संकलनको कार्यक्रम आयोजना गरेको बताएका छन् ।

उनले पूर्व संकलित वंशावदी पुस्तिकामा छुट भएका सापकोटा वंशावलीहरुको पनि नाम संकलन गर्न पर्ने भएकोले कार्यक्रममा सम्पूर्ण सापकोटा बन्धुहरुलाई उपस्थित भई दिनु हुन अनुरोध गरेको छन् ।

No description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू