धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते

धनुषा – धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा भएको हो ।
मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।


तपाइँको प्रतिक्रिया