भरतपुर महानगरले मत्स्य फार्मको विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने

चितवन – भरतपुर महागरपालिकाले व्यपसायीक मत्स्य कृषकको लागि विद्युत महशुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
महानगरले आफ्नो नीति तथा कार्यक्रममा यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत व्यवसायीक मत्स्य फर्मको विद्युत महशुलमा प्रतिशर अनुदान कार्यक्रम समावेश गरिएको थियो ।
यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्सहान गर्न सहयोग पुराउने महानगरले अपेक्षा लिएको छ । आवेदन दिनको लागि भरतपुर महानगरपालिकाको वेवसाईट वा कृषि महाशाखामा सम्पर्क गर्नुपर्ने छ । महानगरपालिकाले यस अघि दूध उत्पादनमा अनुदान लगायतका विभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ ।


तपाइँको प्रतिक्रिया