दर्शकको माया पाउँदै चलचित्र ‘मिलन’

भरतपुर – शुक्रबारबाट प्रदर्शनीमा आएको नेपाली चलचित्र ‘मिलन’ले दर्शकको माया बटुल्ने क्रम जारी छ । चलचित्र अवलोकनका लागि आज (शनिबार) नारायणगढको क्यूएफएक्स जलमा पुगेका दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको बताएका हुन् ।
‘चलचित्र उत्कृट बनेको छ डेब्यू कलाकारको अभिनयले मन छोयो’ भरतपुरकी रवीना श्रेष्ठले भनिन्, ‘निर्वाचनको ह्याङ सकिएको अवस्थामा नेपाली रंगमञ्चले राम्रो चलचित्र पाएको छ ।’ चलचित्रको समग्र पाटो उत्कृष्ट भएको श्रेष्ठले बताइन् । कथावस्तु, अभिनय, छायाँकन लगायतका सबै पाटहरु राम्रो लागेको भन्दै श्रेष्ठले चलचित्रलाई रेटिङस्टार चार दिन सकिने बताइन् ।
चलचित्रमा अभिनेता कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाको मुख्य भूमिका छ । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । प्रेम कथामा आधारित चलचित्र ‘मिलन’मा कुशल, सलोन र शिल्पाको त्रिकोणात्मक प्रेम कहानी देखाइएको छ ।


टेक पौरखी राई निर्देशित चलचित्रमा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको अभिनय छ । यसअघि निर्देशक राईले ‘मट्टीमाला’ र ‘माया पिरिम’ चलचित्र निर्देशन गरिसकेका छन् । चलचित्रको लेखन पनि निर्देशक राईकै छ ।
अभिनेत्री शिल्पा थापा टिकटक स्टारसमेत हुन् । तीन वटा गीत समावेश चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ भने प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किराँतीको स्वर छ ।
चलचित्रमा कुमार महर्जनको द्वन्द्व रहेको चलचित्रको कथावस्तु काठमाडौँ उपत्यका र कालिञ्चोकमा छायाँकन भएको हो । प्रविन थापा निर्माता रहेको चलचित्रमा राहुल राईको छायाँकन र तारा थापा किम्बेको सम्पादन छ । चलचित्रको पोस्टप्रोडक्सनको काम क्लासिक सिनेमाले गरेको छ ।
तपाइँको प्रतिक्रिया