कृषि विश्वविद्यालय रामपुरमा तालाबन्दी, प्रवेश परिक्षामा मनलाग्दी गर्न खोजेको आरोप

चितवन – कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थी संगठनहरुले ताला लगाएका छन् । विश्वविद्यालयको स्नातक तहमा विद्यार्थी आवेदन परिक्षामा बेथिती निम्त्याएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
विश्वविद्यालयको डिनको कार्यालय, कर्मचारी प्रशासन र लेखा शाखामा ताला लगाईएको छ ।यस्तै पदाधिकारीहरु चड्ने गाडीमा समेत साङ्लोले तालाबन्दी गरिएको अखिल केन्द्रिय क्याम्पस कमिटी अध्यक्ष बिक्रम खनालले जानाकारी दिए ।
सोमबार भरतपुरमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुले प्रवेश परिक्षामा भएको अनिमियतता बारे जानाकारी गराएका हुन् । कार्यक्रममा अखिल केन्द्रिय क्याम्पस कमिटी अध्यक्ष बिक्रम खनाल, नेविसंघ केन्द्रिय क्याम्पस कमिटी सभापती मिराज पौडेल र अखिल क्रान्तिकारी केन्द्रिय क्याम्पस कमिटी अध्यक्ष लेगान्स घिमिरे लगाएतको उपस्तिथी थियो ।


नयाँ पाठ्यक्रम अगावै सोको आधारमा आवेदन माग गर्नु, बषैेबिच्छे न्युनतम शैक्षिक योग्यता घटाउनु, भर्ना शुल्क चर्को र अबैज्ञानीक हुनु लगाएतका कारणहरु अघी सर्दै विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका हुन् । चौविस घण्टाभित्र माग सम्बोधन नभए थप कडा कदम चाल्ने उनिहरुले बताएका छन् ।
तपाइँको प्रतिक्रिया