उता मेस्सीले गोल हाने, यता तपाईहरुले मलाई जिताउनुभयो : सुवास नेम्वाङ

एटुजेड समाचार

इलाम – एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर इलाम २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।

आज विजेता भएपछि मतदाताहरुलाई धन्वाद दिँदा निकै उत्साहित र खुसी देखिएका थिए । आफ्नो निर्वाचन क्षेत्रम विजय र्यालीमा हिडेका नेम्वाङ सभालाई सम्बोधन गर्दै विश्वकपमा मेस्सीले गोल हानेर अर्जेन्टीनालाई जित दिलाएको प्रति समेत खुसि व्यक्त गरेका थिए ।

आजको दिनमा आफुलाई दोहोरो खुसी मिलेको भन्दै उनले मतदातालाई धन्यवाद दिएका थिए । ‘राति १२ः४५ बजे फुटबल हेरियो, मेस्सीले गोल हाने, निकै खुसी लागेको छ । यता मलाई पनि जिताउनुभयो । तपाईंहरुलाई पनि बधाई छ,’ उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू