माओवादी केन्द्रको समानुपातिक मत १० लाख कट्यो

एटुजेड समाचार

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ ।

जारी मतगणनामा नेकपा (एमाले)२४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार नौ सय ८३ मत प्राप्त गरेको छ । आज अपराह्न तीन बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ८३ हजार पाँच सय २२ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख १३ हजार नौ सय ११, छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख चार सय ४९ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ३५ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू