चितवन – स्पाउज क्लब अफ आरसी नारायणगढले आदर्श गृहमा स्थापना दिवस मनाएको छ ।
आज (आइतबार) भरतपुरको बौद्धिकनगरस्थित आदर्श गृहमा एक कार्यक्रमका बीच क्लबले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रम मार्फत क्लबले आदर्श गृहलाई नगद तथा खाद्यान्न सहयोग गरेको छ ।
क्लबकी अध्यक्ष सम्झना प्रधानले आदर्श गृहकी संरक्षक मिना खरेललाई उक्त नगद र खाद्यान्न हस्तान्तरण गरिन् । क्लबकी अध्यक्ष प्रधानले सामाजिक उत्तरदायीत्व पुरा गर्दै आदर्श गृहमा आश्रित बालबालिकाको दैनिकी सहज बनाउनका लागि नगद र खाद्यान्न सहयोग गरिएको बताईन् ।
कार्यक्रममा क्लबकी संस्थापक अध्यक्ष शान्ति उपाध्याय, रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष अरुण खनाल, पूर्वाध्यक्ष सुसनलाल प्रधान, स्पाउज क्लब अफ आरसी नारायणगढकी निरा श्रेष्ठ र दुर्गा श्रेष्ठलगायत उपस्थित थिए ।आदर्श गृहमा हाल ३० जना बालबालिका आश्रित रहेका छन् ।