म देउवा नै संसदीय दलको नेता हुनुपर्छ भन्ने पक्षमा छु : विमलेन्द्र निधि

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताए ।
शनिबार निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए । निधि भन्छन् , ‘मसँग भेटघाट हुँदा उहाँ संसदीय दलको नेता बन्न इच्छुक हुनुहुन्छ । म उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने पक्षमा छु । मैले उहाँलाई समर्थन गर्छु ।’
देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने निधिले बताए । ‘शेरबरहादुरजीलाई संसदीय दलको नेता बनाउने मेरो पनि ड्युटी हो । उहाँ बाहेक अरूलाई समर्थन गर्न सक्दिनँ,’ उनले भने, ‘मैले शेरबहादुरजीलाई नै समर्थन गर्ने हो । उहाँ इच्छा देखे मैले । मैले सहयोग गर्छु भनेँ ।’
तपाइँको प्रतिक्रिया