चितवनमा पछिल्लो चौबिस घण्टामा दुई जनामा डेँगु सङक्रमण

भरतपुर – चितवनमा पछिल्लो चौबिस घण्टामा दुई जनामा डेँगु सङक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या २ हजार १ सय ९५ पुगेको छ।
जसमध्ये भरतपुर महानगरपालिकाका १ हजार ५ ७३ जना, रत्ननगर नगरपालिकाका २ सय ४९, खैरहनी नगरपालिकाका १ सय ७३ जना, राप्ती नगरपालिकाका ९८ जना, कालिका नगरपालिकाका ५० जना, माडी नगरपालिकाका ३८ जना र इच्छाकामना गाँउपालिकाका १४ जना रहेका छन्।
तपाइँको प्रतिक्रिया