काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको काम अन्तिम चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज उक्त समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।
केही समयपछि सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति समीक्षा सार्वजनिक गरिने राष्ट्र स्रोतले बताएको छ ।
यो वर्षको मौद्रिक नीतिले आयातमा केही कडाइ गरेको थियो । देशको आर्थिक अवस्था सुधारोन्मुखतर्फ गएकोले त्यसलाई केही हदसम्म खुकुलो बनाउन सकिने राष्ट्र बैंक स्रोतको भनाइ छ ।