देशभर १५६ क्षेत्रको मतपरिणाम आउँदा कसले कहाँ जिते ?

एटुजेड समाचार

काठमाडौं – १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ।

माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्। दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू