मेस्सी चम्कँदा अर्जेन्टिनाको जित, नकआउट चरणको सम्भावना कायमै

एटुजेड समाचार

काठमाडौं – कप्तान लिओनल मेस्सी चम्किएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ ।

मेस्सीले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को नकआउटचरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

लुसेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । समूह सी मा साउदी अरेबियासँग पहिलो खेलमा हार बेहोरेपछि जित्नैपर्ने दबाबमा रहेको खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

८७औं मिनेटमा मेस्सीकै वासमा एन्जो फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिनाको जित निश्चित भएको थियो । पहिलो जितपछि अर्जेन्टिना दुई खेलबाट ३ अंक जोडेर समूह सी को दोस्रो स्थानमा उक्लिएको छ ।

एक जित र बराबरीबाट ४ अंक जोडेको पोल्याण्ड शीर्ष स्थानमा छ । साउदी अरेबिया ३ अंकसहित तेस्रो र १ अंक रहेको मेक्सिको चौथो स्थानमा छ । अब अर्जेन्टिनाले अन्तिम खेलमा पोल्याण्डसँग खेल्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू