धनगढी – दार्चुलामा प्रतिनिधिसभातर्फको सामानुपातिकमा नेकपा (एमाले)ले सबैभन्दा बढी पाएको छ । अन्तिम परिणामअनुसार दार्चुलामा कुल खसेको ५८ हजार ९९१ मतमध्ये एमालेले २४ हजार ८८३ मत पाएको छ ।
दार्चुलामा २४ हजार ८८३ मत पाएर एमाले पहिलो दल भएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० हजार ६५५ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले आठ हजार १९० मत पाएको छ ।
अन्य ४४ राजनीतिक दलले प्रतिनिधिसभा सामानुपातिक निर्वाचन प्रणालीतर्फ दार्चुलाबाट एक हजार भन्दा कम मत प्राप्त गरेका छन् ।खसेको जम्मा मतमध्ये ५६ हजार ५२२ सदर र दुई हजार ४६९ मत बदर भएका छन् ।