सुनसरी–३ मा विजय गच्छदारले घटाए अग्रता

काठमाडौं – सुनसरी–३ मा एमालेकी भगवती चौधरीले अग्रता कामयै राखेकी छन् । उनी नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा चारहजार ५७५ मतले अगाडि छिन् ।पछिल्लो विवरणअनुसार चौधरीले २२ हजार ८४२ मत ल्याएकी छन् ।
उनलाई पछ्याइरहेका कांग्रेसका गच्छदारले १८ हजार २६७ मत ल्याएका छन् ।यसअघि सार्वजनिक परिणामको तुलनामा गच्छदारले अग्रता घटाएका छन् । यसअघि उनी चारहजार ८५१ मतले पछाडि थिए ।
तपाइँको प्रतिक्रिया