देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर २९८ पुग्यो

एटुजेड समाचार

काठमाडौं  – देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर २९८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

५२६ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट थप एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । यता, यही अवधिमा थप २९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । त्यस्तै, हालसम्म नेपालमा ५२ हजार ५५७ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ भने ६० जनाले यस रोगबाट ज्यान गुमाइसकेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू