रविको चुनावी खर्च ११ लाख ८१ हजार : सम्मान नलिने, कार्यक्रम उद्घाटनमा नजाने
चितवन – चितवन २ का नवनिर्वाचित सांसद रवि लामिछानेले निर्वाचनमा ११ लाख ८१ हजार ४७२ रुपैयाँ मात्रै खर्च भएको दाबी गरेका छन् ।
आज (शनिबार) सामाजिक सञ्जाल मार्फत लामिछानेले निर्वाचनमा ११ लाख ८१ हजार ४७२ रुपैयाँ मात्रै खर्च भएको देखिएको बताएका हुन् । यसमा पछिसम्मका लागि खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब भने नजोडिएको उनले बताएका छन् ।
उनले औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण र आफ्नो सम्पत्ति विवरण सार्वजनिक पनि बताएका छन् । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुले २९ लाखसम्म खर्च गर्न पाउने व्यवस्था थियो ।
यता लामिछानेले आफ्नो कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताएका छन् । उनले सबै संघ संस्थाहरुको हकहितको नीतिगत काममा लाग्ने तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा सहभागी नहुने बताएका छन् । तर तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने भने उनले बताएका छन् ।
मिडियाहरुमा अन्तर्वार्ता र पार्टीका नीतिहरु बारे बोल्ने जिम्मा प्रवक्ता तथा सूचना अधिकारीलाई दिने. प्रत्यक चार-चार महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन म आफै उपस्थित हुने र सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्ने पनि उनले बताएका छन् ।
तपाइँको प्रतिक्रिया