चितवन – प्रदेश सभा चितवन क्षेत्र न.३ (ख) मा नेकपा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित भएका छन् ।ढकालले ८४६ मतले राप्रपाकी रिना गुरुङलाई पराजित गरेका हुन् ।
यस क्षेत्रमा ४४ हजार ६८ मत गणना गर्दा ढकालले १५ हजार ४६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी राप्रपाकी गुरुङले १४ हजार ६१५ मत पाइन् । नेकपा एमालेकी सरस्वती विष्ट १० हजार १२४ मतका साथ तेस्रो स्थानमा पुगिन् ।