मधेस प्रदेशका दुई बहालवाला राज्यमन्त्री नै पराजित

रौतहट – मधेस प्रदेशका बहालवाला दुईजना राज्यमन्त्री नै पराजित भएका छन् ।
मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादव र वन राज्यमन्त्री नागेन्द्र यादव प्रदेशसभा निर्वाचनमा पराजित भएका हुन् । जसपा नेपालबाट रौतहट क्षेत्र १ (ख) मा उम्मेदवार बनेका कृषि राज्यमन्त्री योगेन्द्र यादव पराजित भएका हुन् । उनले ६ हजार १० मत पाए।
क्षेत्र १ (ख) बाट कुल १२ हजार ४८९ मत ल्याएर नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार राजेश चौधरीले ११ हजार ४०० मत पाएका थिए ।
त्यसैगरी रौतहट–३ (क) बाट एकीकृत समाजवादीका प्रदेशसभाका उमेदवार तथा राज्यमन्त्री नागेन्द्र यादव प्रदेशसभा निर्वाचनमा ७ हजार ६२२ मत प्राप्त गर्दै तेस्रो भए ।
(क) बाट स्वतन्त्र उमेदवार केशवराय चौधरी कुल १२ हजार २५५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले गठबन्धनमा जसपाकी पुजा चौधरीले कुल १० हजार १२३ मत प्राप्त गरे ।
तपाइँको प्रतिक्रिया