चितवन २ : समानुपातिकमा पनि घण्टी पहिलो, एमाले दोस्रो हुँदा कांग्रेस तेस्रो
चितवन – प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि सबै भन्दा बढि मत ल्याएको छ ।
स्वतन्त्र पार्टीले चितवन २ बाट समानुपातिकमा ३५ हजार ९ सय ४५ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको छ। समानुपातिकमा नेकपा एमाले दोस्रो भएको छ । एमालेले १६ हजार ७८४ मात प्राप्त गरेको छ ।
तेस्रो भएको कांग्रेसले ११ हजार ९१४, नेकपा माओवादी केन्द्रले आठ हजार ४०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार २१८, नेकपा एकीकृत समाजवादीले कुल ६ सय १६, नेकपा मालेले दुई सय २० र जनता समाजवादी पार्टी नेपालले ४० मत प्राप्त गरेको छ ।
यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३०० मतसहित विजयी भएका छन् । दोस्रो भएका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ र तेस्रोमा सिमित नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत प्राप्त गरे ।
तपाइँको प्रतिक्रिया