खाजा खर्च कटाएर ग्रीनल्याण्डका विद्यार्थीले सानो घरमा गराए भोजन

एटुजेड समाचार

चितवन – भरतपुर १२ को ग्रीनल्याण्ड पब्लिक स्कुल स्थित ग्रीनल्याण्डका म्यानेजमेन्ट क्लबले सानो घरमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलका विद्यार्थीहरुको क्लबले खाजा खर्च कटाएर आज (शुक्रबार) बिहान सानो घरमा आश्रित बालिकाहरुलाई खाना खुवाएको हो । विद्यार्थीहरुले स्वत स्फुर्त रुपमा खाजा खर्चबाट सानो घरका बालिकाहरुको आज बिहानको खाना खुवाएको क्लबका अध्यक्ष शिशिर महतले बताए ।

सानो घरमा आश्रित आफूहरु जस्तै साना बालिकाहरुलाई खाना खुवाउन पाउँदा सन्तुष्टि मिलेको महतले बताए । यसले विद्यार्थीहरुमा सहयोगी भावना बिकास गर्न मद्त मिल्ने उनको विश्वास छ ।

कार्यक्रमकी प्रमुख अतिथि स्कुलकी प्रधानाध्यापक इन्दिरा कार्कीले विद्यार्थीहरुमा यस किसिमको सहयोगी भावनाको बिकास हुनुपर्ने बताईन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने उनको भनाइ थियो ।

विद्यार्थीहरुको सहयोगी भावनाबाट प्रेरित हुँदै उनले सानो घरमा आश्रित २० जना बालिकालाई विद्यालय पोषाकको जुत्ता किन्नका लागि व्यक्तिगत रुपमा नगद १० हजार रुपैयाँ सहयोग समेत गरिन् ।

स्कुलका सहायक प्रधानाध्यापक उपेन्द्र आचार्यले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने बताए । क्लबका अध्यक्ष महतको अध्यक्षता सम्पन्न कार्यक्रममा सानो घरकी सञ्चालक बिमला श्रेष्ठ, स्कुलका शिक्षक कृष्ण कार्कीलगायत पनि उपस्थित थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु