चितवन ३ : भरतपुरको गणना सकिँदा पाण्डे आठ हजार मतले अघि

एटुजेड समाचार

चितवन – मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत चितवन ३ मा पर्ने भरतपुर महानगरपालिकाको सबै वडाको गणना सकिएको छ ।

चितवन ३ मा पर्ने भरतपुरका सबै वडाको गणना सकिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिक्रम पाण्डेले आठ हजार १७९ मतको अग्रता लिएका छन् । पाण्डेले हालसम्म २६ हजार २८१ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी आठ हजार १७९ मतले पछि परेका छन् । उनले १८ हजार १०२ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १३ हजार ३५७, स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले नौं हजार ४८२ मत प्राप्त गरेका छन् । हालसम्म ७२ हजार ३८६ मत गणना भइसकेको छ । अब माडी नगरपालिकाको मत गणना हुँदैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु