चितवनका म्यादी प्रहरीको बिदाई (तस्विरहरु)

एटुजेड समाचार

चितवन – मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चितवनमा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ ।

चुनावमा खटिएका एक हजार ९९१ जना म्यादी प्रहरीलाई बिहीबार बिदाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनमा प्रमुख, एसपी नवराज अधिकारीले म्यादी प्रहरीलाई प्रमाणपत्र दिएर बिदाई गरेका हुन् ।

उनीहरुको ४० दिने कार्य अवधि समाप्त भएकोले प्रशंसा पत्रसहित बिदाई गदै गरिएको एसपी अधिकारीले बताए । यस्तै उत्कृष्ट १० म्यादी प्रहरीलाई प्रशंसा पत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू