काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसमातर्फ समानुपातिकमा १० लाख मत कटाएको छ । नेपाली कांग्रेससँग ४८ हजारभन्दा बढी मतको अग्रतासहित एमालेले १० लाखको आँकडा पार गरेको हो ।
निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ १० लाख ५ हजार ७२० मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।
यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार ६३१ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र भने ४ लाख ४२ हजार १३२ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ५५ हजार ७५१ मत प्राप्त गरेको छ । छैटौँ नम्बरमा रहेको जसपा नेपाल एक लाख २८ हजार ३५ मत प्राप्त गरेको छ ।