चितवनमा लागुऔषधसहित २ जना नियन्त्रणमा

एटुजेड समाचार

चितवन – चितवनमा लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान ८ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरी टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं १ लोथरबाट लागूऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बाडा परेउवा–१ का २८ वर्षीय राहुल शर्मा र २९ वर्षीय अजित कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मकवानपुरबाट चितवनतर्फ आउँदै गरेको ना ५७ प २४६४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा झोलामा लुकाइछिपाइ ल्याएको ५४८ एम्पुल डाइजेपाम, ५५० एम्पुल फेनारगन र ५५० एम्पुल नोफिनसहित निजहरुलाई नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु