चितवन १ मा पनि स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

एटुजेड समाचार

चितवन – प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् ।

ढकाल ३४ हजार १८९ मत ल्याउँदै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्दि नेकपा एमालेका सुरेन्द्र पाण्डे भन्दा सात हजार ५८१ मत बढी ल्याए ।

पाण्डेले २६ हजार ६०८ मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९९० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का माधव भट्टराईले दुई हजार ७४८ मत प्राप्त गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू