फेरि रेकर्ड संख्यामा बढ्न थाल्यो कोरोना संक्रमण

एटुजेड समाचार

एजेन्सी – कोरोनाभाइरसको नियन्त्रणमा सख्त कदम अपनाएको चीनमा पछिल्लो समय दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गएको छ । बेइजिङ र ग्वानझाओजस्ता सहरहरुमा कोरोना संक्रमण बढ्दो देखिएको हो ।

बुधबार मात्र चीनमा ३१ हजार ५३७ जना नयाँ संक्रमित फेला परेका छन् । गत अप्रिलमा एकैदिन सबैभन्दा बढी २८ हजारमा संक्रमित फेला परेका थिए । त्यतिबेला सांघाई सहरलाई लकडाउन गरिएको थियो । चीनको जिरो कोभिड नीतिले देशमा हजारौँको ज्यान जोगाएपनि पछिल्लो समय चीनमा यस नीतिको विरोध भइरहेको छ ।

विरोधपछि चीनले आफ्ना कडा नीति केही खुकुलो बनाएको थियो । जसले गर्दा अहिले चीनमा पनि संक्रमितको संख्या बढ्न थालेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू