सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

एटुजेड समाचार

सर्लाही – लोसपाका रामप्रकाश चौधरी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरी २४ हजार ८३८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गरे ।

सो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरे । साह २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू