चितवन – प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रवि लामिछाने विजयी भएका छन् ।
उनी भारी मतान्तरले विजयी भएका हुन् । उनले ४९ हजर २६४ मत प्राप्त गरे । लामिछानेले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २८१ को फराकिलो मतान्तरले पछि पारे ।
श्रेष्ठले १४ हजार ९८६ प्राप्त गरे । यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत प्राप्त गरे । पोखरेल दुई पटक यही क्षेत्रबाट विजयी भएका थिए ।