चितवन २ (ख) मा कांग्रेसका उत्तम जोशी विजयी

चितवन – प्रदेश सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उत्तम जोशी विजयी भएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचन अन्तर्गत चितवन २ (ख) मा नेकपा एमालेका देवी ज्ञवालीलाई पाँच सय ७६ मतले पछि पार्दै जोशी निर्वाचित भएका हुन् । जोशीले १३ हजार ३०६ मत प्राप्त गरे भने ज्ञवालीले १२ हजार ७४४ मत पाए ।
चितवन २ (क) मा भने एमालेका उम्मेदवार कृष्णप्रसाद सिलवाल भएका छन् । १६ हजार ५०० मत प्राप्त गर्दै उनी क्षेत्र नम्बर २ (क) मा निर्वाचित भएका हुन् । उनले लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार घनश्याम दाहाललाई १२४० मत अन्तरले पराजित गरे । दाहालले १५ हजार ३४० मत प्राप्त गरे ।
तपाइँको प्रतिक्रिया