तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित

एटुजेड समाचार

तनहुँ – प्रतिनिधिसभा तनहुँ-१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

पौडेले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत प्राप्त गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू