चितवन – प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको जित निश्चित भएको छ ।
पछिल्लो परिणाम अनुसार लामिछानेले ४५ हजार ९३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ४०६ मत पाएका छन् ।
लामिछाने श्रेष्ठ भन्दा ३१ हजार ५२८ मतले अघि छन् । यस्तै तेस्रो स्थानमा नेकपा एमालेका कृष्णभक्त पोखरेल छन् । उनले १४ हजार ५६ मत पाएका छन् । अब करिब चार हजार मत मात्रै गन्न बाँकी रहेको छ ।