चितवन २ (क) मा एमालेका उम्मेदवार सिलवाल विजयी

एटुजेड समाचार

भरतपुर – चितवन निर्वाचन क्षेत्र नम्बर २ (क) मा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद सिलवाल भएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनअन्तर्गत १६ हजार ५०० मत प्राप्त गर्दै उनी क्षेत्र नम्बर २ (क) मा निर्वाचित भएका हुन् । उनले लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार घनश्याम दाहाललाई १२४० मत अन्तरले पराजित गरे ।

दाहालले १५ हजार ३४० मत प्राप्त गरे । २ (क) मा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको वडा नं १, ३ र २९ पर्छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू