जापानसँग हार्‍यो जर्मनी

एटुजेड समाचार

काठमाडौं – विश्वकप फुटबलको पहिलो खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको छ । बुधवार भएको पहिलो खेलमा पहिलो हाफमा १-० ले पछि परेको जापानले पुनरागमन गरेको हो ।

जापानका लागि रिस्तु दोनाले ७५ औं मिनेटमा गोल गर्दै बराबरी दिलाए । ताकुमा सानोले ८३ औं मिनेटमा गोल गर्दै जापानलाई २-१ गोलको जित दिलाए । यसअघि जर्मनीका लागि खेलको ३३ औं मिनेटमा गुन्डिगनले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । आजको खेलमा जित निकाल्दै जापानले ३ अंक जोडेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू