चितवन – चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रफ्तार लिएका छन् । उनले निकटम प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलसँग फराकिलो मतान्तर बनाउँदै अगाडि बढेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार ३८ हजार ५९८ मत गणना हुँदा रविले १० हजार ७९५ मतले अग्रता लिएका छन् ।रविले १९ हजार ९६८ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ९ हजार १७३ र गठबन्धनका तर्फबाट उमेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ४२ मत ल्याएका छन् । मतगणना अझै जारी छ ।